skip this yams_Max_Hospital.jpeg

कुलेखानी-सिस्नेरी सडकखण्ड अवरुद्ध

885 shares
nijgadh mahotsab
oil-nigam-amlekhgunj-adv.jpeg

हेटौंडा : मकवानपुरको इन्द्रसरोबर गाउँपालिका-३ थानडाँडामा पहिरो खस्दा कुलेखानी-सिस्नेरी सडकखण्ड अवरुद्ध भएको छ।
अविरल वर्षाको कारण पहिरो खस्दा हेटौंडाबाट कुलेखानी-सिस्नेरी हुँदै काठमाडौं जोड्ने सडकखण्ड अवरुद्ध भएको हो।
लेदो माटोसहितको पहिरो खसेकाले सडकखण्ड बिहान ८ बजेदेखि अवरुद्ध बनेको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए। पानी निरन्तर परिरहेकोले पहिरो पन्छाउन समस्या भएको उनको भनाइ छ।

nijgadh-supermart-adz1200-630