skip this farak Kura Pravakar

सिद्धार्थ राजमार्गकोे पाल्पा-बुटवल खण्ड २८ घण्टादेखि अबरूद्ध, खुलाउने प्रयास जारी

1.54K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं  : पाल्पाको तानसेन–८, डुम्रेमा गएको पहिरो हटाउन समय लाग्दा सिद्धार्थ राजमार्ग २८ घण्टादेखि अबरुद्ध बनेको छ ।
   सिद्धार्थ राजमार्गमाथिबाट आइतबार बिहान खसेको पहिरो हटाउन नसक्दा २४ घण्टा बढी समयदेखि राजमार्ग अबरुद्ध बनेको हो ।
सिद्धार्थ राजमार्गको ठाउँ–ठाउँमा गएको पहिरो हटाएपनि डुम्रेमा गएको पहिरो ठूलो भएका कारण हटाउन समय लागेको सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी शिवु खत्रीले जानकारी दिए । उनका अनुसार सडक खुलाउने प्रयास भईरहेको छ ।
   आज दिउँसाेसम्ममा सडक खुल्ने सम्भावना छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले सिद्धार्थ राजमार्गको अन्य स्थानको पहिरो हटाइसकिएको र डुम्रेको पहिरो हटाउन काम भईरहेको बताए ।
   हिजो राति १० बजेसम्म पहिरो हटाउने काम भएको थियो पानी परेपछि छाडेको र आज बिहानैदेखि पहिरो हटाउने काम सुरु भएको जानकारी दिए ।
सडक अबरुद्ध हुँदा हजारौँ यात्रु तथा अन्य सवारीसाधन गन्तव्यमा पुग्न सकेका छैनन् ।

nijgadh-supermart-adz1200-630