skip this farak Kura Pravakar

प्रदेश सरकारको वारुण यन्त्र प्रहरीले सञ्चालन गर्न मानेन

2.11K shares
oil-nigam-amlekhgunj-adv.jpeg

जनकपुरधाम : प्रदेश २ सरकारले खरिद गरेको वारुण यन्त्र प्रदेश प्रहरीले संचालन गर्न अस्वीकार गरेको छ ।
सरकारले प्रदेशका ८ वटै जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयलाई जिम्मा लगाउने गरि आर्थिक वर्ष २०७७/०७८ मा झण्डै साढे ४ करोड खर्च गरेर ९ वटा वारुण यन्त्र खरिद गरिएको थियो ।
वारुण यन्त्र संचालन तथा रेखदेख सम्बन्धि कार्य विधि नबनाई तथा प्रहरी प्रशासनसँग छलफल समेत नगरि तत्कालीन आन्तरिक मामिला तथा सञ्चार मन्त्री ज्ञानेन्द्र कुमार यादवले वारुण यन्त्र खरिद गरेका थिए । खरिद गरिएको लामो समयपछि प्रहरीले उक्त वारुण यन्त्र बिना सर्तको संचालन गर्न अस्वीकार गरेपछि प्रयोग विहीन भएको छ ।

लामो समयदेखि खुल्ला अकाशमुनि थन्काइएको वारुण यन्त्र कवाड बन्दै गएको छ । वारुण यन्त्र संचालनको लागि ईन्धन, मर्मत सम्भार तथा संचालनका लागि वर्षेनी बजेट छुट्याउनुपर्ने सर्त प्रहरीले राखेको थियो । प्रदेश सरकारले प्रहरीको उक्त सर्त अस्वीकार गरेका थिए ।
स्थानीय तहलाई बुझाउने तयारी
प्रहरीले सञ्चालन गर्न अस्वीकार गरेपछि प्रदेश सरकारले स्थानीय तहलाई बुझाउने तयारी अघि बढाएको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद साहले स्थानीय तहलाई बुझाउने तयारी गरेका हुन् ।

मन्त्री साहले प्रदेश प्रहरी अझैपनि संघीय सरकारकै मातहतमा रहेकोले त्यसलाई बजेट दिन नसकिने भन्दै आएका छन् । प्रदेश सरकारले बजेट दिन नसकिने भनेपछि प्रहरीले ९ वटा वारुण यन्त्रमध्ये ४ वटा मात्रै लिएको छ । नेपाल प्रहरी अन्तर्गत वीरगञ्जमा रहेका विपद व्यवस्थापन केन्द्र, धनुषाको ढल्केवरमा रहेको नेपालप्रहरीको गण, सप्तरीको राजविराजमा रहेको प्रहरी तालिम केन्द्र र सशस्त्र प्रहरीको प्रदेश कार्यालयको लागि ४ वटा वारुण यन्त्र प्रहरीले केहि दिन अघि बुझेका थिए ।

nijgadh-supermart-adz1200-630