skip this farak Kura Pravakar

जलेश्वर कारागारमा कैदी बन्दीले जन्माइन् छोरा

2.3K shares
oil-nigam-amlekhgunj-adv.jpeg

जलेश्वर : महोत्तरीको जलेश्वर कारागारमा कैदी बन्दी रहेकी एक महिलाले छोरा जन्माएकी छन् ।
सौतेलो छोराको हत्या गरेको आरोपमा कारागारमा रहेकी एक महिलाले त्यहीँ छोरा जन्माएकी हुन् । सौताको छोरालाई घाँटी थिचेर हत्या गरी गत बुधबार मात्रै कारागारमा आएकी २० वर्षीया रागनी देवीले छोरा जन्माएको कारागार कार्यालय महोत्तरीका सूचना अधिकारी सञ्जीवकुमार साहले बताए ।

रामगोपालपुर नगरपालिका–६ बस्ने चन्द्रकिशोर यादवकी कान्छी पत्नी २० वर्षीया रागनी (सौतेनी आमा) ले पाँच वर्षीय रितेश यादवको हत्या गरेको आरोपमा महोत्तरी जिल्ला अदालतले उनलाई गत बुधबार पूर्पक्षका लागि जेल पठाएको थियो ।
दश महिनाअघि कान्छी पत्नी (रागनी) भित्र्याएपछि चन्द्रकिशोरकी जेठी पत्नीले पाँच वर्षीय र अढाई वर्षीय दुई छोरालाई पतिको जिम्मा छाडेर माइती गएका बेला गत साउन १४ गते दिउँसो जेठो छोरा रितेशको हत्या गरेकी थिइन् ।
घटना भएकै दिन रागनीलाई धनुषाबाट पक्राउ गरी कर्तव्य ज्यान मुद्दा चलाएको र भदौ ९ गते पूर्पक्षको लागि जलेश्वर कारागार पठाएको थियो ।

nera mabi laal
nijgadh-supermart-adz1200-630