skip this hetauda tech

बारामा बाघको आक्रमणबाट २ जना घाइते

372 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा : बारामा बाघको आक्रमणबाट दुई जना घाइते भएका छन् । बाराको कोल्हवी नगरपालिका–११ बस्ने ४९ वर्षीय हरिकिसुन पनुहर र ५० वर्षीय पाहुन चौधरीलाई बाघले आक्रमण गरी घाइते तुल्याएको बारा प्रहरीले जनाएको छ ।
दाउरा लिन निजगढस्थित चारकोसे झाडीमा गएको बेला दुवै जनालाई पाटे बाघले आक्रमण गरेको बाराका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।
दाउरा टिपिरहेका बेला पछाडिबाट आएको बाघले आक्रमण गर्दा दुवै जनाको हात, घाँटी, जिउ, छाती लगायतमा चोट लागेको बाराका प्रहरी नायब उपरीक्षक मिश्रले बताए । घाइते भएकाहरूको उपचार गराइएको र स्वास्थ्य अवस्था सामान्य रहेको उनले जानकारी दिए ।

घाईतेसंग Kolhabi TV ले गरेको कुराकानी :

nijgadh-supermart-adz1200-630