skip this yams_Max_Hospital.jpeg

अपडेट: हेटौंडाको कर्रा खोलाले बगाएको ट्रक भेटियो, दुई जना अझै बेपत्ता

786 shares
oil-nigam-amlekhgunj-adv.jpeg

मकवानपुर : शुक्रबार (आज) दिउँसो हेटौंडाको कर्रा खोलामा आएको भेलले बगाएको ट्रक भेटिएको छ ।
दिउँसो हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ स्थित कर्रा खोलाले बगाएको ना ३ ख १४४० नम्वरको ट्रक भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सिवम् सिमेन्ट उद्योगबाट हेटौंडातर्फ आउँदै गरेको उक्त ट्रकलाई खोलाले बगाउँदा बेपत्ता भएका दुई जना अझै पनि भेटिएका छैनन् ।
बेपत्ता हुनेहरुमा सोही ट्रकका चालक हेटौंडा घर भएका ४० वर्षीय बद्री सार्की र अर्का एक जना ठेगाना नखुलेका अन्दाजी ४२ बर्षीय गणेश थापा मगर रहेका छन् ।
उनीहरुको खोजीकार्य जारी रहेको मकवानपुर प्रहरीले जनाएको छ ।हाल घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेनालगायतको टोली रहेको जनाइएको छ ।

nijgadh-supermart-adz1200-630