skip this farak Kura Pravakar

बङ्गाल खाडीको न्यून चापीय क्षेत्रको प्रभाव कायमै, यी क्षेत्रमा भारी वर्षा

1.51K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : हाल देशमा उत्तर पश्चिम बङ्गालको खाडीमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।
   मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पश्चिमी तराई नजिक मनसुनको न्यून चापीय रेखा रहेको छ।
   हाल देशभर सामान्यदेखि पूर्णतया बदली रही प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।
    मंगलबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै  र प्रदेश १, बागमती तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।
    बुधबार देशभर सामान्य बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 
   बिहीबार पनि देशभर सामान्य बदली रही केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

nijgadh-supermart-adz1200-630