skip this

‘ताजा जनादेश’ भन्नेबित्तिकै सत्ता गठबन्धनको सातो जाने गरेको अध्यक्ष ओलीको टिप्पणी

945 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । ‘ताजा जनादेश’ भन्नेबित्तिकै सत्ता गठबन्धनको सातो जाने गरेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टिप्पणी गर्नु भएको छ । उहाँले नयाँ वर्ष २०७९ को अवसरमा शुभकामना सन्देश जारी गरी अध्यक्ष ओलीले गठबन्धनले जति षडयन्त्र गरे पनि स्थानीय तहको निर्वाचनबाट भाग्ने ठाउँ नभएको दोहोर्‍याउनु भएको छ ।

निर्वाचनकै सन्दर्भमा उनले गठबन्धनलाई जनादेश भन्नेबित्तिकै सातो जाने लक्ष्यविहीन समूहको संज्ञा दिनु भएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहनु भएका अध्यक्ष ओलीले चार पृष्ठ लामो शुभकामना सन्देशमा सत्ता गठबन्धनको विरोध गर्दै देशलाई संकटमा धकेलेको आरोप लगाउनु भएको छ ।

nijgadh-supermart-adz1200-630