पार्टीभित्र हुने न्यायपूर्ण निर्णयविरुद्ध संघर्ष गर्ने –शेखर कोइराला
वि.सं.२०७९ वैशाख १ बिहीवार १०:५४

काठमाडौं ।पार्टीभित्र हुने न्यायपूर्ण निर्णयविरुद्ध संघर्ष गर्ने नेपाली कांग्रेसका नेता शेखर कोइरालाले बताउनु भएको छ । उहाँले नयाँ वर्ष २०७९ को अवसरमा शुभकामना सन्देश जारी गर्दै पार्टीभित्रको काखा र पाखा गरिने प्रवृत्तिविरुद्ध लड्ने बताउनु भएको हो ।
उहाँको शुभकामना सन्देशमा पार्टीभित्र भएका अन्यायपूर्ण निर्णय, काखा र पाखा गरिने प्रवृत्तिविरुद्ध पनि हामी संघर्ष गरिरहने र उम्मेदवार तय गर्दा निष्पक्षताको लागि लड्ने उल्लेख गरिएको छ । उहाँले मतभेद र मनभेदहरू पार्टीको आन्तरिक जीवनको विषय भएको उल्लेख गर्दै त्यसविरुद्ध पार्टीभित्रै छलफल, बहस र छिनोफानो गर्दै जाने बताउनु भएको छ । उहाँले हरेक अनुकूल र प्रतीकुल परिस्थितिमा भने व्यक्तिगत महत्वकांक्षा र स्वार्थलाई त्यागी एक भएर विपक्षीसँग लड्ने प्रण गर्नुपर्ने जिकिर गर्नु भएको छ ।
वि.सं.२०७९ वैशाख १ बिहीवार १०:५४

















