skip this

फिलिपिन्समा बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या १ सय ४८ पुग्यो

1.6K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । शक्तिशाली आँधी र वर्षाका कारण आएको बाढी तथा पहिरोमा परि फिलिपिन्समा मृत्यु हुनेको संख्या १ सय ४८ पुगेको छ भने कैयौँ मानिस बेपत्ता भएका छन् । बाढी तथा पहिरोका कारण हजारौँ मानिस विस्थापित भएका छन् ।सेना, प्रहरी र अन्य उद्धारकर्मीहरूले हराएकाहरूलाई खोज्ने कार्य जारी राखेका छन् ।

फिलिपिन्सको अबुयोग नगरपालिकाका आकस्मिक कर्मचारीले मंगलबार पहिरोले ध्वस्त भएको तटीय गाउँबाट दर्जनौँ शव निकालेका थिए ।आँधी, बाढी र पहिरोबाट सबैभन्दा लेयतेको मध्य प्रान्तमा सबैभन्दा बढी प्रभावित भएका छन् ।विनाशकारी पहिरोले खेती गर्ने र माछा मार्ने समुदायहरूलाई समस्यामा पारेको छ ।

nijgadh-supermart-adz1200-630