skip this

ट्याक्टर पल्टिदा सप्तरीमा चालकको मृत्यु ,२ जना घाइते

1.81K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । शनिबार राति सप्तरीमा ट्याक्टर पल्टिदा चालकको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

रुपनी गाँउपालिका ५ मुसहरनिय बसबिटीमा ट्याक्टर पल्टिदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । खाडो खोलाको डिलबाट गँहु लोड गरी बसबिटी गाँउतर्फ आउदै गरेको स १ त ५१ ५४ ट्याक्टर गएराति साढे १० बजे, नियन्त्रण गुमाएर पल्टिएको थियो।

घाइते चालक २८ बर्षीय रविन्द्र यादवलाई उपचारको लागी राजविराज स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार स्थानिय ७१ बर्षीय भरत यादव र उनका १७ वर्षीय नाति सुभाष कुमार यादवको रुपनी स्थित युनिक अस्पतालमा उपचार भइरहेको छ।

nijgadh-supermart-adz1200-630