बारामा घट्यो दलहन उत्पादन
वर्षाले दलहन खेतीमा क्षति
वि.सं.२०७९ वैशाख ४ आइतवार ०९:५२
3.57K
shares

बारा । मधेश प्रदेशकै खेतीयोग्य जग्गाको धनी बारामा दलहन खेतीका उत्पादनमा कमी आएको छ ।
आर्थिक बर्ष २०७८/७९ मा जिल्लामा विभिन्न जातको दलहन खेती गरी १० हजार ३ सय ९५ मेट्रिकटन दलहन उत्पादन भएको कृषि ज्ञानकेन्द्र कलैयाले जनाएको छ ।
यस बर्ष समयमै वर्षा भएकोले दलहन खेतीमा क्षति भएको केन्द्रका प्रमुख जितेन्द्र यादवले बताए ।
विभिन्न जातको दलहन कूल ११ हजार ५ सय ५० हेक्टर क्षेत्रफलमा खेती गरी प्रति हेक्टर जिरो दशमलव ९० मेट्रिकटनले १० हजार ३ सय ९५मेट्रिकटन दलहन उत्पादन भएको छ ।
गत बर्ष २०७७/७८मा जिल्लाका कृषकहहरुले विभिन्न जातको दलहन ११ हजार ५ सय ५० हेक्टर क्षेत्रफलमा खेती गरी प्रति हेक्टर जिरो दशमलव ९६ मेट्रिकटन दलहन उत्पादन गरेका थिए । गत बर्षको तुलनामा यस वर्ष उत्पादनमा कमी आएको देखिएको छ ।
वि.सं.२०७९ वैशाख ४ आइतवार ०९:५२
















