skip this farak Kura Pravakar

संवेदनशील भएर निर्वाचन जिम्मेवारीपूर्वक सम्पन्न गराउन निर्वाचन आयुक्तको निर्देशन

1.95K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । संवेदनशील भएर स्थानीय तहको निर्वाचन जिम्मेवारीपूर्वक सम्पन्न गराउन प्रमुख निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूलाई प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्देशन दिनु भएको छ । निर्वाचन आयोग नेपालद्वारा आयोजित स्थानीय तह निर्वाचन–२०७९ निर्वाचन सञ्चालन तथा व्यवस्थापन प्रादेशिक प्रशिक्षक प्रशिक्षण कार्यक्रममा उहाँले स्थानीय तहको निर्वाचन निष्पक्ष, स्वतन्त्र एवं मितव्ययी बनाउनुपर्नेमा जोड दिनु भएको हो ।

स्थानीय तहको निर्वाचनका लागि आयोगले संविधान र कानुनअनुसार सबै प्रक्रिया अगाडि बढाएको बताउँदै निर्वाचन निर्देशिका एवं स्वघोषणाले उम्मेदवारलाई जिम्मेवार बनाएको उहाँको भनाई छ । उहाँले आयोगले निर्वाचन आचारसंहिता पालना भए नभएको विषयमा संयन्त्र निर्माण गरी अनुगमन गर्ने जानकारी दिनु भएको छ ।

nijgadh-supermart-adz1200-630