सुर्खेतमा टेम्पो अनियन्त्रित भएर पल्टिदा १ जनाको मृत्यु
वि.सं.२०७९ वैशाख ४ आइतवार ०९:५३
1.04K
shares

काठमाडौं।शनिबार साँझ सुर्खेतमा टेम्पो अनियन्त्रित भएर पल्टिदा १ जनाको मृत्यु भएको छ ३ जना घाइते भएका छन् । गुर्भाकोट नगरपालिका १३ शेरघारी फर्ममा टेम्पो अनियन्त्रित भएर पल्टिदा १ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा टेम्पोमा सवार सुर्खेतकै गुर्भाकोट नगरपालिका १४ का अन्दाजी ६० बर्षीय पदम बहादुर रासकोटी रहेका छन्। गम्भीर घाइते भएका उनको उपचारको क्रममा मेहलकुना अस्पतालमा बेलुकी मृत्यु भएको हो।
वि.सं.२०७९ वैशाख ४ आइतवार ०९:५३

















