skip this yams_Max_Hospital.jpeg

एमाले स्थायी कमिटी बैठक बस्दै

1.42K shares
nijgadh mahotsab
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्दै छ। बिहान ९ बजे ललितपुरस्थित तुल्सीलाल प्रतिष्ठानमा बैठक बस्न लागेको एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले जनाकारी दिए ।
    बैठकमा विधान महाधिवेशन (प्रतिनिधि, दस्तावेज र व्यवस्थापन) र चालु संसद अधिवेशनमा पार्टीले खेल्ने भूमिकाबारे छलफल हुने तामाङले जानकारी दिए।
   एमाले स्थायी कमिटी बैठक शुक्रबार अपराह्न ४ बजेका लागि तय भएको भएपनि प्रतिनिधि सभा बैठक जारी रहेपछि स्थगित गरिएको थियो।
   एमाले नाराबाजीका बीच सभामुख अग्निप्रसाद सापकोटाले हिजोको प्रतिनिधि सभा बैठक सञ्चालन गरेका थिए।

nijgadh-supermart-adz1200-630