विराटनगर महानगरपालिका प्रमुख पदको उम्मेदवारमा कांग्रेसद्वारा नागेश कोइरालालाई छनोट
वि.सं.२०७९ वैशाख १२ सोमवार १२:०६
2.68K
shares

काठमाडौं । प्रदेश १ को राजधानी भएको विराटनगर महानगरपालिका प्रमुख पदको उम्मेदवारमा नेपाली कांग्रेसले नागेश कोइरालालाई छनोट गरेको छ ।उनी नेता डा। शेखर कोइराला निकट हुन् । हाल पार्टीको मोरङ उपसभापतिको जिम्मेवारीमा पनि छन् । कोइराला परिवारबाट उनको उम्मेदवार रहने भएपछि विराटनगर महानगरको चुनावी भिडन्त रोचक हुने ठानिएको छ ।
किनभने उनीसँग प्रतिस्पर्धा गर्न नेकपा एमालेले आज मात्रै सागर थापालाई प्रमुख पदको उम्मेदवार बनाउने टुङ्गो गरेको छ । विद्यार्थी राजनीतिबाट आएका उनी पनि बलिया उम्मेदवार हुन् ।
वि.सं.२०७९ वैशाख १२ सोमवार १२:०६
















