skip this yams_Max_Hospital.jpeg

प्रहरीको ठुलो सफलता : प्रदेश २ का नेपाली नक्कली नोटको जालो तोड्यो, ९३ वटा गड्डीसहित ५ जना पक्राउ

1.2K shares
nijgadh mahotsab
oil-nigam-amlekhgunj-adv.jpeg

बारा : नेपाली नक्कली नोटको जालो ताड्न नेपाली प्रहरीको विशेष कार्यदल (एसटिएफ) लाई सफलता मिलेको छ ।
भारतबाट नेपाली एक हजार दरका नक्कली नोट छापेर प्रदेश २ मा कारोबारमा सक्रिय गिरोहलाई पक्राउ गर्न सफल भएको छ ।
यो पनि पढ्नुस्
‘अपराधि’ नियन्त्रणमा लिदाँ पत्रकारले खिचेको भिडियो प्रहरीले डिलेट ग¥यो

७० करोडसम्मको बार्गेनिङ्ग भएको सूचनाको आधारमा अप्रेशन सुरु गरेको टोलीले बारा र रौतहट जिल्लाका ५ जनालाई शनिबार नियन्त्रणमा लिन सफल भएको स्रोतले जनाएको छ ।
९३ गड्डी नेपाली रुपैया एक हजारको नोट ९३ लाखसहित निजगढ र रौतहटबाट पक्राउ गरेको हो । टोलीले निजगढको तारा इन होटलमा दुई दिनअघि आएर बसेका ४ जना र उनीहरुको सूचनाको आधारमा एक जना रौतहटबाट नियन्त्रणमा लिएको हो ।
दिनभरी अनुसन्धान
करिब १० घण्टा लामो अप्रेशन चलाएको एसटिएफकोटोलीसंगै ठुलो संख्यामा ईप्रका र जिप्रकाको प्रहरी समेत परिचालन भएको थियो । सक्कली र नक्कली दुवै मिलाएर गड्डी तयार पारिएको अवस्थामामा बरामद् भएको स्रोतले जनाएको छ ।

जिल्ला प्रहरी पठाईयो
पक्राउ परेका ५ जनालाई राती तारा इन होटलमै राखेर आइतबार विहान जिल्ला प्रहरी कार्यालय बारामा पठाईएको छ । पक्राउ परेका व्यक्तिहरुको परिचय प्रहरीले गोप्य राखेको छ । जिल्ला प्रहरी कार्यालय बाराले उनीहरुलाई सार्वजनिक गर्नेछ ।

https://faraknepal.com/2176

nijgadh-supermart-adz1200-630