पेरुका विद्रोही नेता गोञ्जालोको निधन

वि.सं.२०७८ भदौ २६ शनिवार २२:४२

काठमाडौं : लामो समयदेखि जेल जीवन बिताइरहेका पेरुका विद्रोही नेता गोञ्जालोको ८६ वर्षको उमेरमा निधन भएको छ । पेरूमा तत्कालिन फुजीमोरी शासनका विरूद्ध विद्रोहका नेतृत्व गरेका गोञ्जालोको शनिबार साँझ ६ः ४० मा एक सैनिक अस्पतालमा निधन भएको हो ।
जेलमै बिरामी परेका उनलाई उपचारका लागि सैनिक अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको पेरु सरकारका अधिकारीहरुलाई उदृत गर्दै एपीले जनाएको छ । गोञ्जालोको निधन भएको पेरु सरकारका कानुनमन्त्री अनबल टोरेसले पुष्टि गरेका छन् ।
पेरुमा लामो समयदेखि कम्युनिष्ट आन्दोलनको नेतृत्व गर्दै आएको साइनिङ पाथ र त्यसको नेतृत्व गर्दै आएका गोञ्जालोलाई सन १९९२ मा गिरफ्तार गरि बन्दी बनाइएको थियो । २९ वर्षको बन्दी जीवनकै क्रममा उनको निधन भएको हो । विश्वभरका कम्युनिष्ट पार्टीहरुले गोञ्जालोको रिहाइको माग गर्दै आएका थिए ।

वि.सं.२०७८ भदौ २६ शनिवार २२:४२