skip this hetauda tech

संसद अवरोध अन्त्य गर्न सभामुखले बोलाए शीर्ष नेताको बैठक

438 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ : सभामुख अग्निप्रसाद सापकोटाले संसद अवरोध अन्त्य गर्ने विषयमा छलफलका लागि शीर्ष नेताहरुको बैठक बोलाएका छन् ।
संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताहरुलाई बैठकमा बोलाइएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । बैठक दिउँसो साढे २ बजेका लागि बोलाइएको उनले बताए ।
प्रमुख विपक्षी दल नेकपा एमालेले लगातार संसद अवरोध गरेपछि सभामुख सापकोटाले बैठक बोलाएका हुन् ।
माधव नेपाल सहितका १४ सांसदको कारबाहीलाई सभामुखले मान्यता नदिएको विरोधमा एमालेले लगातार संसद अवरोध गर्दै आएको छ ।।

nijgadh-supermart-adz1200-630