skip this farak Kura Pravakar

९११ जना कोरोना संक्रमित थपिए, १३ को मृत्यु

990 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ : पछिल्लो २४ घन्टामा देशभर ९११ जनामा कोरोनााभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार अपरान्ह दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ११ हजार १८ नमुना परीक्षण गर्दा ९११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सात हजार आठ सय ७८ जनाको पीसीआर नमुना परीक्षण गर्दा ८ सय ३८ जनामा र ३ हजार १४० जनाको एन्टिजेन नमुना परीक्षण गर्दा ७३ जनामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जानकारी दिएको छ ।
योसँगै देशभर सक्रिय संक्रमितको संख्या २६ हजार सात सय ५७ जना छन् । पछिल्लो २४ घन्टामा कोरोनाभाइरस संक्रमणमुक्त हुनेको संख्या १ हजार ४२३ रहेको मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा १३ जनाले ज्यान गुमाएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा १० हजार चार सय ४९ जनाले कोरोनाभाइरसविरुद्धको खोप लगाएका छन् ।

nijgadh-supermart-adz1200-630