skip this farak Kura Pravakar

सलाहको उत्कृष्ट प्रदर्शनमा लिभुरपुलको जितमा

873 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ : फरवार्ड मोहमद सलाह चम्किदा इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले जित निकालेको छ ।
   आइतबार राति भएको खेलमा लिभरपुलले १० खेलाडीमा सीमित लिड्स युनाईटेडलाई ३-० गोलले पराजित गरेको हो । लिभरपुललाई जित दिलाउन सलाह, फाबिन्हो र साडियो मानेले एक एक गोल गरे ।
    लिड्सको मैदानमा खेलको २०औँ मिनेटमा गोल गरेका सलाहले प्रिमियर लिगमा १०० गोल पनि पूरा गरेका छन् ।
जितसँगै लिभरपुलले ४ खेलमा १० अंक जोडेको छ । लिभरपुल लिगको तेस्रो स्थानमा रहेको छ । लिड्स २ अंकसहित १७औँ स्थानमा छ ।

nijgadh-supermart-adz1200-630