skip this farak Kura Pravakar

प्रभु बैंकको खाताबाट ५५ हजार गायब ! १० लाखको लोभमा यसरी ठगिए सिंगौलाका बुद्ध

741 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा : बाराको निजगढ नगरपालिका–३ सिंगौलका बुद्ध लामा आफ्नो बैंक खाताबाट ५५ हजार ३ सय रुपैँया गायब भएपछि आक्रोशित हुँदै सोमबार प्रभु बैंकको निजगढ शाखामा पुगे ।
आफुले ननिकालि कसरी खाताको पैसा रित्तियो भन्दै आक्रोशित बुद्ध बैंक पुगेपछि छाँगोबाट खसेजस्तै भए । बैंकमा पुगेर ‘स्टेटमेन्ट’ निकालेर हेरेपछि थाहा भयो कि उनकै मोवाईल बैंकिङ र इसेवा आईडी प्रयोग गरेर पटक–पटक गरि पैसा अर्कैले निकालेको रहेछ ।
उनको मोवाईलमा न मोवाईल बैंकिङको लागि प्रभुको एप्स छ, न त इसेवाकै एकाउन्ट । कसरी उनको खाताबाट रकम निकालिएको रहेछ भनेर बैंक कर्मचारीसंगको छलफलपछि थाहा भयो उनी ठगको फन्दाको फसेका रहेछन् । पैसा निकालेका बैंकबाट म्यासेज उनको मोवाईलमा आएकै थियो । उनको खाताबाट आईतबार २०÷२० हजार गरि दुई पटक, १२ हजार गरि ५२ हजार र भदौं १३ मा तीन हजार तीन सय निकालेको स्टेटमेन्टमा देखिएको छ ।
यसरी ठगिए बुद्ध
स्टेटमेन्ट हेरेपछि बुद्धले आफु कसरी ठगिएको भन्ने थाहा पाएका छन् । उनलाई केहि दिनअघि भारतीय नागरिकले ह्वाट्एपमा फोन गरे तपाईले १० लाख पुरस्कार परेको छ भन्दै पैसा पठाउन बैंकको खाता नम्बर मागे । उनी खुसी हुँदै खाता नम्बर दिए । त्यसको केहि समयपछि तपाईलाई बैंकको कोड आउँछ कति हो भन्नुस् भने । बुद्धले दुई पटकसम्म आएको छैन भन्दै दिएनन् । तर उनीहरुले बैंकसंग सहकार्य छ, अब पाँच मिनेटमा आउँछ भने । भनेकै समयमा बैंकबाटै म्यासेज आएपछि उनले कोर्ड नम्बर दिए ।
त्यसपछि उनको खाताबाट पैसा निकालिएको म्यासेज आउन थाल्यो । हेर्दा हेर्दै खाता खालि भयो ।
जान्दा जान्दै ठगिए
बुद्धले ईमो र ह्वाट्एपबाट पुरस्कार परेको भन्दै फोन आउने र पैसा निकाल्न कर स्वरुप केहि रकम लिएर ठगि हुने गरेको घटना सुनेकै थिए । उनलाई त्यस्तै किसिमको फोन कहिल महिना आएको थियो । उनले त्यसलाई ठगिको उद्देश्यले भन्दै इन्कार गरेका थिए । अहिले भने उनी ठगकै फन्दामा परेका छन् । आईतबार ५५ हजार गुमाएका छन् । ‘यस्तो घटना हुन्छ भन्ने जान्दा जान्दै ठगिन पुगेँ,’ बुद्धले भने–उनीहरुले नयाँ शैलि अपनाए । अब अरु पनि होसियार हुनुहोला ।’ ठगिमा परेको घटनाबारे उनले बैंक र प्रहरी कार्यालयमा निवेदन दिने भएका छन् ।

 

nijgadh-supermart-adz1200-630