skip this yams_Max_Hospital.jpeg

अनेरास्वीयू (क्रान्तिकारी) निजगढद्धारा एलिजा सुनार बचाउ अभियान घोषणा

2.97K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा (निजगढ) : बाराको निजगढ ५ बागदेवस्थित सार्वजनिक माध्यमिक विद्यालयको कक्षा १० की छात्रा एलिजा सुनारको उपचार खर्च जुटाउन अभियान सुरु गरिएको छ ।
अनेरास्वीयू (क्रान्तिकारी) निजगढले एलिजा सुनार बचाउ अभियान सोमबार घोषणा गरिएको छ । नेकपा (माओवादी केन्द्र) को कार्यालयमा बसेको अनेरास्वीयू (क्रान्तिकारी) को बैंठकले अभियान सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष सुमन खुलालले जानकारी दिए । उनले आर्थिक अवस्था कमजोर भएकाले विद्यार्थीको जीवनरक्षाको लागि अभियान थालनी गरिएको बताए ।
उनीहरुले पहिलो दिन पाँच हजार ५१ रुपैया संकलन गरि कोषस्थापना गरेका छन् । उनीहरुले मनकारी तथा सहयोगी दातालाई अभियानमा सहयोग गर्न आह्वान समेत गरेका छन् । सहयोग गर्न चाहानेले एलिजाको दिदी निर्मलाको एनएमबी बैंकमा रहेको खाता नं. ०८९०११८३५९६०००११ मा समेत जम्मा गर्न सक्ने छन् । त्यसैगरि ९८१२२७४२३५, ९८२७२२५५३२, ९८२९०२५१९५, ९८२९२८८२८७ मा सम्पर्क गर्न सक्ने जनाएका छन् ।
अध्यक्ष खुलालको अध्यक्षतामा बसेको बैंठकमा नेकपा (माओवादी केन्द्र) का प्रदेश २ का सदस्य रविराज दंगाल, नगर कमिटी सदस्य शेख अन्जर, मा सम्पर्क गर्न सक्ने जनाएका छन् । अनेरास्वीयू (क्रान्तिकारी) कोषाध्यक्ष स्यारोलिका घिसिङ्ग, सहसचिव दिलिप चौधरी, सदस्य अंकित गौतम लगायतको उपस्थिति रहेको थियो ।


एलिजालाई भदौं २२ गते जंगलमा बिच्छीले टोकेको थियो । निजगढस्थित प्रसुती गृहमा उपचार गर्न लगिएको थियो । त्यहाँ पुगेको केहि घण्टापछि स्वास्थ्य अवस्था झन बिग्रिएपछि वीरगञ्ज पु¥याईएकी एलिजाको स्पर्श हस्पिटलको भेन्टिलेटरमा राखेर उपचार भईरहेको छ ।
प्रसुती गृहमा उपचारका क्रममा स्यालाइन पानी चढाएको, विरामीलाई सुताएको कारण विष शरिर भरि फैलिएर अवस्था गम्भिर भएको परिवारजनको आरोप छ ।

nijgadh-supermart-adz1200-630