skip this farak Kura Pravakar

सर्पदन्सको उपचार नपाएर नाबालकको मृत्यु भएपछि सिम्रौनगढमा तनाब

744 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा : सर्पदन्सको उपचार नपाएर बाराको सिम्रौनगढमा आईतबार एक नाबालकको मृत्यु भएको छ ।
सर्पको टोकाइबाट सिम्रौनगढ नगरपालिका–२ महुवाईका समेद प्रसाद गुप्ताका दुई वर्षिय छोरा अनुराजको मृत्यु भएको हो । राति सवा १२ बजे सर्पले डसेपछि नाबालकको उपचारको लागि सिम्रौनगढस्थित सिम्रौनगढ नगर अस्पतालमा लगिएको भएपनि उपचारको क्रममा उनको मृत्यु भएको हो ।
नाबालकको मृत्यु भएपछि उनका आफन्तले शव लिएर नगरपालिकाविरुद्ध प्रदर्शन गरेका छन् । उनीहरुले नगरपालिकाका मेयर विजय शंकर यादवविरुद्ध चर्को नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका हुन् । बजार क्षेत्रमा टायर समेत बालेर प्रदर्शन गरेका थिए ।

उनीहरुले डाक्टरको लापरबाहीले नाबालकको मृत्यु भएको आरोप लगाएका छन् ।
मृतकको शव बोकेर सिम्रौनगढ बजारमा विरोध प्रदर्शनमा सहभागि भएका युवा नेता सन्नी गुप्ताले दोषीलाई कारबाहीको माग गरे ।
सिम्रौनगढ अस्पतालमा बच्चालाई उपचारको लागि ल्याउँदा समयमै उपचार नगरी नाम ठेगाना सोध्ने, प्रहरीलाई खबर गर्ने लगायतका कुरामा आधा घण्टा अल्झाएर राखेका कारण समयमा उपचार नपाइ आफ्नो छोराको मृत्यु भएको मृतक नाबालकका बुवा सुमेद गुप्ताले बताए ।
अस्पतालका डाक्टरहरुले सर्पदन्सको उपचार यहाँ नहुने तथा एम्बुलेन्स पनि नभएकोले कलैया अस्पताल लैजान भनेपछि कलैया अस्पताल लैजाँदा छोराको बाटोमा नै मृत्यु गुप्ताले गुनासो गरे ।
प्रचार गरेको सुविधा छैन्
विगत केही दिन अगाडि विभिन्न सामाजिक सञ्जाल, रेडियो, मिडियाहरुबाट प्रचार प्रसार गराउँदै आएको र सेवा सुविधा अहिले सम्म उपलब्ध नभएर मृत्यु भएको बताएका छन् ।
राजनीति प्रतिशोध
मेयर यादवले भने नाबालकको अन्तिम संस्कार गर्न लागिरहेका बेलामा राजनीतिक प्रतिशोध साँध्नको लागि केही व्यक्तिहरुले नगरपालिका र आफूविरुद्ध प्रदर्शन गराएको यादवको दाबी छ ।

nijgadh-supermart-adz1200-630