skip this

बाराकाे सिम्राैनगढ र देवतालमा झडप हुँदा मतदान रोकियो प्रहरीद्वारा अश्रुग्यास प्रहार

1.53K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ । बाराको पचरौता नगरपालिका २ बैरिया र देवताल गाउँपालिका ७ पिपरपाती मतदान केन्द्रमा दुई समूहबीच झडप भएको छ ।

देवतालमा नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीका कार्यकर्ताबीच झडप भएको हो । त्यहाँ झडपका कारण उत्पन्न विवाद साम्य पार्न प्रहरीले अश्रुग्यास पनि प्रहार गरेको छ ।

यस्तै देवतालको पीपरपातीमा पनि झडप भएकाे छ । एक पक्षले मतदान केन्द्रमै प्रवेश गरेर भोट मागिरहेपछि अर्को पक्षले विरोध जनाउँदा झडप भएको हो ।

झडपका कारण अहिले ती दुवै केन्द्रमा मतदान रोकिएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले भने घटनास्थलमा सुरक्षा कडा पार्दै मतदान सुरू गराउन आफूले पहल गरिरहेको बताए ।

सीमावर्ती यी दुवै मतदान केन्द्रमा सुरक्षाको दृष्टिकोणले मतदान केन्द्र संवेदनशील मानिएको छ ।

nijgadh-supermart-adz1200-630