कांग्रेसले निर्वाचनमा धेरै ठूलो सफलता हासिल गरेको छ– कांग्रेस प्रवक्ता महत
वि.सं.२०७९ जेठ ९ सोमवार १६:०९
1.91K
shares

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा कांग्रेसले धेरै ठूलो सफलता हासिल गरेको दाबी गरेका छन् ।
आज राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले उक्त दाबी गरेका हुन् ।
‘समग्रमा यो निर्वाचनको परिणामलाई सन्तोषजनक रुपमा लिएका छौं । नेपाली कांग्रेस आफैले पनि यो निर्वाचनमा धेरै ठूलो सफलता हासिल गरेको छ,’ प्रवक्ता महतले भने, ‘तालमेलसहित निर्वाचनको परिणाम हेर्ने हो भने सहयोगी दलहरुले पनि उल्लेख्य सफलता हासिल गरेको महसुस गरेका छौ ।’ निर्वाचन स्वतन्त्र र निस्पक्ष ढंगले सम्पन्न भएको उनले बताए । कांग्रेसको सरकार भएको बेला भयरहित, स्वतन्त्र र निश्पक्ष निर्वाचन हुने दाबी पनि उनले गरे ।
वि.सं.२०७९ जेठ ९ सोमवार १६:०९

















