skip this yams_Max_Hospital.jpeg

जोरपाटीबाट २० जना जुवाडे पक्राउ

1.46K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ : काठमाडौँको जोरपाटीबाट २० जना जुवाडे पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले गोकर्णेश्वर नगरपालिका–५ स्थित तिब्बतियन क्याम्पभित्र घर रहेका धावा ढुण्डुपको घरबाट उनीहरुलाई ४ लाख ७४ हजार ७५ रुपैयाँसहित पक्राउ गरेको हो ।
जुवा खेलिरहेको स्थानबाट २० बुक तास, क्यासिनोमा प्रयोग हुने ४६४ थान क्वाइन, विभिन्न व्यक्तिहरुको नाममा काटेका २८ थान चेक र १०० थान कौडा पनि प्रहरीले बरामद गरेको छ ।
यसबारे थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले बताएका हुन् ।

nijgadh-supermart-adz1200-630