रातभरि श्रीमान-श्रमतीकाे झगडा, विहान पाेखरीमा आमा-छाेराकाे शव
वि.सं.२०७८ असोज ४ सोमवार १३:०७
काठमाडौं : धनुषाको धनुषाधाम नगरपालिका २ धर्मपुर टोलका अशाेक सिंह र पत्नी अर्चनाबिच आइतबार राति वादविवाद भयाे । विवादकाे कारण खुलेकाे छैन् ।
तर, साेमबार विहान २८ वर्षीया अर्चना सिंह र उनका ४ वर्षिय कुश कुमार सिंह मृत भेटिएका छन् ।
उनीहरुकाे शव शव घर नजिकैको पोखरीमा फेला परेको हो ।
आमा-छोराको शव पोखरीमा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय धनुषाधामको टोली घटनास्थल पुगेर अनुसन्धानमा जुटेकाे छ । पोखरीबाट शव निकालेर परीक्षणको लागि अस्पताल पठाएको प्रहरी निरीक्षक सुरेश ठाकुरले जानकारी दिए ।
हत्या वा आत्महत्या ?
स्थानीयले राति श्रीमान-श्रीमतीबीच विवाद भएकाे बताएका छन् । विवादकाे क्रममा हत्या गरेर शव पाेखरीमा फालिएको वा अर्चनाले छोरालाई लिएर पोखरीमा हाम फालेर आत्महत्या गरिन भन्नेबारे खुलेकाे छैन । धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले शवकाे परीक्षणपछि मात्रै हत्या वा आत्महत्या भन्न सकिने बताए । फरकनेपालसंगकाे टेलिफोन कुराकानीमा प्रहरी उपरीक्षक रानाभाटले शवकाे प्रकृति हेर्दा कुनै चाेटपटक नदेखिएको बताए । हालसम्म कसैलाई नियन्त्रणमा नलिईएकाे उनले जानकारी दिए ।
वि.सं.२०७८ असोज ४ सोमवार १३:०७