दुई वटा विधेक पारित गर्दै प्रतिनिधिसभाको बैठक सकियाे, अर्काे बैठक बिहीबार
वि.सं.२०७८ असोज ४ सोमवार १२:२६
1.13K
shares
काठमाडौँ : प्रतिनिधिसभाको बैठक आगामी बिहीबारसम्मका लागि स्थगित भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधकाबीच ‘विनियोजन विधेयक २०७८’ र राष्ट्र ऋण उठाउने विधेयक बहुमतले पारित गर्दै बैठक स्थगित गरिएको हो ।
दुबै विधेयक अर्थमन्त्री जनार्दन शर्माले पेश गरेका थिए । आज बसेको प्रतिनिधि सभाको बैठकमा एमाले सांसदको नाराबाजीकाबीच सभामुख अग्निप्रसाद सापकोटाले बैठकको कार्यसूची अघि वढाएका थिए ।
वि.सं.२०७८ असोज ४ सोमवार १२:२६