विश्वभर पछिल्लो २४ घण्टामा ३ लाख ८१ हजार कोरोना संक्रमित थपिए, मृतक कति ?

वि.सं.२०७८ असोज ५ मंगलवार ०६:४८

**EDS: RPT CORRECTS TYPO** New Delhi: Medics attend to a COVID-19 patients at Shehnai Banquet Hall, temporarily converted into an isolation ward, as coronavirus cases surge across the country, near Lok Nayak Jai Prakash (LNJP) Hospital in New Delhi, Tuesday, April 13, 2021. (PTI Photo/Manvender Vashist) (PTI04_13_2021_000116A)
काठमाडौँ : विश्वभर पछिल्लो २४ घण्टामा ३ लाख ८१ हजार ९०३ जना कोराना संक्रमित थपिएका छन् ।
ओल्डोमिटरको पछिल्लो विवरणअनुसार अमेरिकामा ७३ हजार ६९४, बेलायतमा ३६ हजार १००, भारतमा २४ हजार ९२५ र रुसमा १९ हजार ७४४ जना संक्रमित थपिएका हुन् ।
ब्राजिलमा भने ७ हजार ८८४ जना मात्रै संक्रमित फेला परेका छन् । यही अवधिमा ५ हजार ४५९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिका भन्दा धेरै रुसका छन् । अमेरिकामा ६११ जनाको मृत्यु हुँदा रुसमा ७७८ जनाको ज्यान गइसकेको छ ।
यसैगरी भारतमा २५१, ब्राजिलमा २४८ र बेलायतमा ४९ जनाको मृत्यु भएको छ ।

वि.सं.२०७८ असोज ५ मंगलवार ०६:४८