skip this farak Kura Pravakar

डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय

1.2K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : सत्तारुढ गठबन्धनले काँग्रेस नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय गरेको छ ।
   बालुवाटारमा बसेको गठबन्धनले सो निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताए।
खड्काको सपथ भोलि हुने भनिएको छ । खड्का यसअघि खानेपानी मन्त्री बनिसकेका छन् ।
    प्रधानमन्त्री शेर बहादुर देउवाको अध्यक्षतामा गठबन्धनका शीर्ष नेताहरुको बैठक साँझ साढे ६ बजेदेखि छलफलमा जुटेका छन् ।
  बैठकमा नेकपा  (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेस महामन्त्री पूर्ण बहादुर खड्का, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल, राष्ट्रिय जनमोर्चा  उपाध्यक्ष दुर्गा पौडेल लगायतको उपस्थिति रहेको छ।
  आज नै अन्य मन्त्रीहरुको टुंगो लाग्ने बताइएको छ । सरकार गठनकाे दुई महिना बितिसक्दा समेत मन्त्रीपरिषदले पुर्णता नपाएपछि गठबन्धनको आलोचना भइरहेको छ ।
   सरकारमा कांग्रेसबाट गृहमन्त्री बालकृष्ण खाँड, स्वास्थ राज्यमन्त्री उमेश श्रेष्ठ र माओवादी केन्द्रबाट अर्थमन्त्री जनार्दन शर्मा प्रभाकर, उर्जा तथा जलस्रोत मन्त्री पम्फा भुसालमा सरकारमा सहभागी छन् ।
   सरकारले दल विभाजन सम्बन्धि अध्यादेश ल्याएपछि सरकार मन्त्रीपरिषद विस्तारमा ढिलाइ भएकाे थियाे ।

nijgadh-supermart-adz1200-630