skip this yams_Max_Hospital.jpeg

पछिल्लो २४ घण्टामा ५ लाख बढी कोरोना संक्रमित थपिए, मृत्यु कतिको ?

453 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ-विश्वभर पछिल्लो २४ घण्टामा ५ लाख ७ हजार ७१४ जना कोरोना संक्रमित थपिएका छन् ।
    ओल्डोमिटरको पछिल्लो विवरणअनुसार सबैभन्दा धेरै अमेरिकामा १ लाख २२ हजार ९६८ जनामा कोरोना पहिचान भएको छ ।
    यसैगरी बेलायतमा ३६ हजार ७१०, भारतमा ३१ हजार ४५८, टर्कीमा २७ हजार ८४४, ब्राजिलमा २४ हजार ६११ र रुसमा २१ हजार ४३८ जनामा संक्रमण पुष्टि भएको छ । यहीअवधिमा ८ हजार ५७६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
    अमेरिकामा १ हजार ९४४, रुसमा ८२०, ब्राजिलमा ६६१, भारतमा ३१९ र टर्कीमा २१७ जनाको मृत्यु भएको छ ।
   यससँगै हालसम्म विश्वभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४७ लाख ४१ हजार ५८२ पुगेको छ ।
    कुल संक्रमित २३ करोड १३ लाख ५१ हजारमध्ये २० करोड ८० लाख १७ हजार जना निको भइसकेका छन् ।

nijgadh-supermart-adz1200-630