skip this

ट्रकभित्र फल्स बौम बनाएर गाँजा ओसारपसार, १७५ किलो गाँजासहित पक्राउ 

1.36K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : प्रहरीले मकवानपुरबाट १७५ किलो गाँझासहित दुई जनालाई बिहीबार मध्यान्ह पक्राउ गरेको छ।
   पक्राउ पर्नेमा भीमफेदी गाउँपालिका-९ का ३१ वर्षीय मोहन स्याङतान र थाहा नगरपालिका-३ का २४ वर्षीय प्रशान्त कार्की छन्।
    हेटौडा उपमहानगरपालिका-११ थानाभर्‍याङबाट गाँजासहित उनीहरूलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताए।
    पालुङबाट वीरगन्ज जाँदै गरेको ना३ख ५९५० नम्बरको ट्रक चेकजाँच गर्दा ट्रकभित्र गाँजा फेला परेको उनले बताए।
    पक्राउ परेकामध्ये स्याङताङ ट्रकका चालक हुन्। ट्रकभित्र फल्स बौम बनाएर लैजाँदै गरेको गाँजासहित उक्त ट्रक जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको छ।
   गाँजा ओसारपसारमा संलग्न अन्य व्यक्तिको पहिचान गर्ने काम भइरहेको राठौरले बताए।

nijgadh-supermart-adz1200-630