skip this farak Kura Pravakar

श्रीमतीको गर्धनमा चुप्पिले रेटेपछि ! श्रीमान पक्राउ (भिडियोसहित)

1.33K shares
oil-nigam-amlekhgunj-adv.jpeg

शान्तकुमार सापकाेटा
बारा (निजगढ) : बाराकाे निजगढ नगरपालिका-१ सिंगाैलमा श्रीमतीको हत्या प्रयास गर्ने एक जना पक्राउ परेका छन् ।
श्रीमतीलाई चुप्पिले रेटेर हत्या गर्न खोज्ने बाराको निजगढ नगरपालिका वडा नं. १ का  २७ वर्षिय अर्जुन खड्कालाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।
उनले श्रीमती २७ वर्षिया ललिता खड्कालाई शुक्रबार दिउँसो भैंसी गोठमा पछाडीबाट आएर गर्धनमा  रेट्न खोजेका थिए । ललिताको गर्धनमा थोरै चिरिएको छ। ललिताले चुप्पि खाेसेर छरछिमेकीलाई बाेलाएकी थिईन् ।

अर्जुनले मादक पदार्थ सेवन गरि दिनहुँ जसो घर कलह गर्ने गरेको छिमेकिहरुले बताएका छन् ।
शुक्रबार पनि अर्जुनले मादक पदार्थ सेवन गरि श्रीमतीलाई चुप्पिले रेट्न खोजेपछी स्थानियले हो-हल्ला गरि प्रहरीलाई खबर गरेका थिए ।

अस्थायी प्रहरी पोष्ट सिँगौलबाट खटिगएको प्रहरी टोलीले अर्जुनलाई पक्राउ गरि आवश्क कारवाहिको लागि ईलाका प्रहरी कार्यालय निजगढ पठाईएको अअस्थायी प्रहरी पोष्ट सिँगौलका ईन्चार्ज बैद्यनाथ प्रसाद यादवले जानकारी दिए ।
हेर्नुस् भिडियो :
https://youtu.be/0c4tZQK1Owo

nijgadh-supermart-adz1200-630