२४ घण्टामा ३ लाख ४१ हजार संक्रमित, ४ लाखभन्दा बढी निको
वि.सं.२०७८ असोज १२ मंगलवार ०६:५६
काठमाडौँ : विश्वमा कोरोना संक्रमितको संख्या २३ करोड ३० लाख नाघेको छ । वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा ३ लाख ४१ हजार ४६५ जना संक्रमित भएका छन् ।
पछिल्लो विवरणसँगै मंगलबार बिहान ६:३० सम्म विश्वभर संक्रमितको संख्या २३ करोड ३० लाख ११ हजार ७०७ पुगेको छ ।
होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या १ करोड ८५ लाख ४८ हजार ८५ छ । यसमध्ये ९२ हजार २९४ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।
यस्तै विश्वभर अहिलेसम्म २० करोड ९६ लाख ९५ हजारभन्दा बढीले कोरोना भाइसको संक्रमणलाई जितेका छन् । पछिल्लो २४ घण्टामा ४ लाख ३८ हजार ११२ जना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा संक्रमित हुनेभन्दा संक्रमण मुक्त हुनेको संख्या झण्डै एक लाखले बढी हो । २४ घण्टामा ५ हजार ३२ जनाको मृत्यु भएको छ ।
योसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या ४७ लाख ६७ हजार ८९१ पुगेको छ । बहुसंख्यक नागरिकलाई खोप लगाइएपछि विश्वको सबैभन्दा प्रभावित संयुक्त राज्य अमेरिकामा संक्रमण लगभग नियन्त्रणमा आइसकेकोमा फेरि महामारी बढ्न थालेको छ ।
पछिल्लो २४ घण्टामा त्यहाँ ६४ हजार १८६ जनामा संक्रमण भएको छ । यस्तै थप ५५१ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा ७ लाख ७ हजार ९६८ जनाको मृत्यु भइसकेको छ ।
यसैगरी ब्राजिलमा ५ लाख ९४ हजार ७०२ जनाको मृत्यु भएको छ । दोस्रो लहरले अति प्रभावित मुलुक भारतमा भने संक्रमण घटेको छ ।
दैनिक ४ लाखसम्म संक्रमण देखिएको भारतमा अहिले दैनिक औषत ३० हजार संक्रमित देखिन थालेका छन् ।
भारतमा बुधबार बिहानसम्म ४ लाख ४७ हजार ४०६ संक्रमितको मृत्यु भएको छ ।
वि.सं.२०७८ असोज १२ मंगलवार ०६:५६