बारा–काठमाडौं सम्पर्क समन्वय समितिको भेला असोज १६ मा
वि.सं.२०७८ असोज १४ बिहीवार २१:५१
बारा : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट बारा-काठमाडौं सम्पर्क समन्वय समितिको जिल्ला भेला असोज १६ गते काठमाडौं पार्टी प्यालेस थापागाँउ,काठमाडौंमा हुने भएको छ।
बारा जिल्ला घर भैई काठमाडौंमा विभिन्न पेशा ,व्यवसाय,अध्ययन,रोजगारी र बसोबास गर्ने जनसमुदायहरुसंग जोडिएर काम गर्दै आएको छ। विगत १५ वर्ष देखि सक्रिय यस संगठनले आफ्नो सदस्यहरु बिचबाट नयाँ नेतृत्व चयन समेत गर्ने समितीका सचिव सपिम खरेल संघर्षले जानकारी दिए। यस संगठनले विगतमापनी बाराबाट काठमाडौं आई बसोबास गर्नेहरुबिच समन्वय गर्ने काम गर्दै आएको र पार्टीले गरेको हरेक न्यायपुर्ण अभियानमा समन्वयकारी र प्रत्यक्ष जोडिएर काम गर्दै आएको हुँदा यो संगठन झनै मजबुत र बलियो बनाउनुपर्ने आवश्यकता देखिएको संगठनका उपाध्यक्ष रामकुमार लामाले बताए।
१६ गते हुने कार्यक्रममा जिल्लाका नेतृत्वहरुको समेत उपस्थिति हुने र बाराका विविध विषय र पार्टी संगठनको सन्दर्भमा हाम्रो भुमिका के कस्तो रहने चासोको विषय भएको हुँदा सम्पूर्ण महानुभाव,पार्टी सदस्य,शुभचिन्तक लगायत विधार्थी साथिहरुलाई समेत उपस्थिति हुन समितिका अध्यक्ष नेत्र बहादुर राउतले आह्वान गर्नु भएको छ।
कार्यक्रम विहान ९:०० बजे बाट शुरु हुने र खुल्ला सत्र समापन संगै खाना खाएर बन्दसत्र बाट नयाँ नेतृत्व चयन र सांगठनिक गतिविधिको बारेमा समेत निर्णय गरिने कोषाध्यक्ष तेज श्रेष्ठले जानकारी दिनु भयो।
कार्यक्रममा ४५० जनाको सहभागिताको अपेक्षा गरिएको सल्लाहकार शतिसराज मैनालिले बताए ।
वि.सं.२०७८ असोज १४ बिहीवार २१:५१