अदालतको अवहेलना मुद्दामा ४ पूर्व प्रधानन्यायाधीशलाई सफाइ
वि.सं.२०७८ असोज १५ शुक्रवार १८:०९
585
shares
काठमाडौँ : अदालतको अवहेलनामा मुद्दामा सर्वोच्च अदालतका ४ जना पूर्व प्रधानन्यायाधीशले सफाइ पाएका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश सपना मल्ल प्रधानको संयुक्त इजलासले शुक्रबार अवहेलाना गरेको भन्दै दायर रिटमा मागदाबी नपुग्ने फैसला सुनाएको हो ।
प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै पूर्व प्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त वक्तव्य दिएका थिए ।
सोही वक्तव्यले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चमा रिट दायर गरिएको थियो ।
वि.सं.२०७८ असोज १५ शुक्रवार १८:०९