skip this farak Kura Pravakar

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन : प्रतिवेदनमाथि छलफल गर्न ११ समूह 

546 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौ : माओवादी केन्द्रको भ्रातृ संगठन अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले संगठनको राजनीतिक तथा सांगठनिक प्रतिवेदन पेश गरेका छन् । राजधानीमा जारी संगठनको २२ औं राष्ट्रिय सम्मेलन अन्तर्गत बन्दसत्रमा तामाङले राजनीतिक तथा सांगठनिक प्रतिवेदन पेश गरेका हुन् । सो प्रतिवेदन उपर छलफल गर्न विभिन्न जिल्ला मिलाएर ११ वटा समूह बनाइएको छ ।

प्रतिवेदन पारित भएपछि नेतृत्व चयन प्रक्रिया अघि बढ्ने राष्ट्रिय सम्मेलन प्रचार प्रसार उपसमितिका संयोजक सुरेन्द्र बस्नेत जानकारी दिएका छन् । शुक्रबारको बन्द सत्रमा नेकपा (माओवादी केन्द्र) का नेताहरु नारायणकाजी श्रेष्ठ, देवप्रसाद गुरुङ, शक्तिबहादुर बस्नेतले प्रशिक्षण दिएका थिए ।

सम्मेलनले अध्यक्ष, ३ खुल्ला उपाध्यक्ष, ४ समावेशी उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, प्रदेशबाट ८ सचिव, समावेशीबाट ५ सचिव र ए कोषाध्यक्ष गरेर २५ सदस्यीय पदाधिकारी तथा १९९ ‘सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्नेछ ।

nijgadh-supermart-adz1200-630