skip this yams_Max_Hospital.jpeg

विक्रम वलिका मुक्तक

504 shares
oil-nigam-amlekhgunj-adv.jpeg

विक्रम वली “नेपाली बाबु”

१.
दूध  पन्छ्याउने  कोसिस  नगर  चौलानीमा हालेर ,
आँसु लुकाउन नखोज नयनलाई खरानीमा हालेर ,
कुन बेला फुट्छ जिन्दगी माटोको मदानी जस्तै हो ,
बिन्ती दही जसरी नघाेल पीडाको मदानीमा हालेर

२.
हिँड्नुस् या त उभिनुस् हजुरकै हातमा छ
माया  या घृणा  दिनुस् हजुरकै हातमा छ ।
म आफ्नै  धड्कनले त  बिर्सिएको मान्छे
सम्झिनुस् या बिर्सिनुस् हजुरकै हातमा छ ।।

३.
कता गयौ हिजोसम्म आँखामा झल्किने मान्छे
चन्द्र  जस्तै  दिलको  कन्दरामा टल्किने मान्छे,
एक्लै  बनायौ   सपनीमा पनि  आउन छाड्यौ
तिम्रै हुँ भनी  हिजो मेरै वरिपरि ढल्किने मान्छे ।

– घोराही -११- दाङ

nijgadh-supermart-adz1200-630