skip this farak Kura Pravakar

ईपीएलमा आज दुई खेल, कुन-कुन टिमको भिडन्त ?

342 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ : चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग टी-ट्वान्टी क्रिकेटमा आज दुई खेल हुँदैछन् ।
    त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौं किङ्स-११ र विराटनगर वारियर्सबीच प्रतिस्पर्धा हुनेछ । यस्तै दोस्रो खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्स र चितवन टाइगर्सबीच प्रतिस्पर्धा हुँदैछ ।
    काठमाडौं र विराटनगरबीचको खेल बिहान ९:३० बजे सुरु हुनेछ । सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं दोस्रो जितको खोजीमा छ । करण केसीको कप्तानीमा रहेको विराटनगर पहिलो जित निकाल्न चाहन्छ ।
   प्रतियोगिताबाट बाहिरिसकेको विराटनगरले जितविहिन छ । ललितपुर र चितवनबीचको खेल दिउँसो १:३० बजे हुनेछ ।
   कुशल भुर्तेलको कप्तानीमा रहेको ललितपुरले ४ खेलमा ३ अंक जोडेको छ । ललितपुर चौंथो स्थानमा रहेको छ । चितवन ३ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । सोमपाल कामीको कप्तानीमा रहेको चितवन प्ले अफमा पुगिसकेको छ ।

nijgadh-supermart-adz1200-630