skip this farak Kura Pravakar

बाराका सांसद उमाकान्त चौधरीलाई मन्त्री बनाउन सिटौलाको सिफारिस

990 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : बारा क्षेत्र नं. १ का संघीय सांसद उमाकान्त चाैधरीलाई मन्त्री बनाउन उनकाे समुहले सिफारिस गरेकाे छ ।
  काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले आफ्नो समूहका तर्फबाट चौधरीलाई मन्त्री बनाउन सिफारिस गरेका छन् ।
   सिटौला निवास चण्डोलमा मंगलबार बसेको सिटौला समुहको बैठकले उमाकान्तलाई मन्त्री बनाउने निर्णय गरेको हो ।
   सिटौला निकट एक नेताका अनुसार सो समूहबाट नेताहरु भीमसेनदास प्रधान र चौधरीले मन्त्री बन्ने चाहाना राखेपनि सिटौलाको रोजाइमा चौधरी परेका हुन् ।
   मंगलबार सत्तारुढ दलका शीर्ष नेताबीच मन्त्रालय भागबण्डामा मोटामोटी सहमति जुटेपछि सिटौलाले पनि आफ्नो समूहबाट मन्त्री हुने नेताको टुंगो लगाएका हुन् ।
   चाैधरी यश अघि स्वास्थ तथा जनसंख्या मन्त्री बनेका थिए ।

nijgadh-supermart-adz1200-630