skip this farak Kura Pravakar

ललितपुर महानगरपालिकाले तिहारलाई लक्षित गरी पसल राख्न दिने

आजदेखि फुटपाथमा पसल राख्न दिने

633 shares
oil-nigam-amlekhgunj-adv.jpeg

ललितपुर- ललितपुर महानगरपालिकाले आजदेखि फुटपाथमा पसल राख्न दिने भएको छ।

पैदल यात्रुलाई असर गरेको भन्दै यसअघि सडक किनारमा राखिएका फुटपाथ पसल हटाएको महानगरले तिहारलाई लक्षित गरी पसल राख्न दिने भएको हो।

स्थानीयले उत्पादन गरेका फूल, रङ, कपडा, जुत्ता चप्पललगायत तिहार लक्षित सामग्री राखेर पुटपाथमा आजदेखि तिहारभरि पसल राख्न दिने महानगरपालिकाले निर्णय गरेको हो।

‘हामीले तिहारको समयमा व्यवस्थित गरेर लगनखेल, मंगलबजार क्षेत्रमा पसल राख्न दिने निर्णय गरेका हौं,’ मेयर चिरीबाबु महर्जनले भने, ‘तिहारपछि हामी फेरि खाली गर्नेछौं।’

पैदल यात्रुलाई मध्यनजर गरेर छुट्याइएको फुटपाथमा पसल राख्दा आवतजावतमा असहजता भए पनि तिहारको समयमा गाडी कम चल्ने भएकाले यस्तो निर्णय गरिएको ललितपुर महानगरका नगर प्रहरी प्रमुख सीताराम हाथेछुले जानकारी दिए।

‘तिहारभरि सर्वसाधारणले फुटपाथबाट सहज र सुलभ मूल्यमा अत्यावश्यक सामग्री किनमेल गर्न सकून् भनेर हामीले फुटपाथ खुलाएका हौं,’ उनले भने,‘मंगलबजारदेखि लगनखेलसम्म बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म चारपाङ्ग्रे निषेध गरेर व्यवस्थित रूपमा पसल राख्न दिने निर्णय भएको छ।’

 

nijgadh-supermart-adz1200-630