सन्दीपको अनुसन्धान सकियो, प्रहरी प्रतिवेदन सरकारी वकिलमा

वि.सं.२०७९ कात्तिक ६ आइतवार १९:१९

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेविरुद्ध लागेको आरोपबारे प्रहरीले अनुसन्धान पुरा गरेको छ । आइतबार प्रहरी वृत गौशालाले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको छ । प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख (सह न्यायाधिवक्ता) अच्यूतमणि नेउपानेले रातोपाटीलाई बताए ।
प्रहरीले सन्दीप विरुद्ध जबर्जस्ती करणी गरेको कसुरमा अधिकतम सजाय हुन माग दावी गरेको छ । अनुसन्धान प्रतिवेदनका आधारमा अभियोग पत्र तयार गरेर तिहार विदापछि जिल्ला अदालतमा अभियोग पत्र दायर गरिने सह न्यायाधिवक्ता नेउपानेले जानकारी दिए ।
आइतबार काठमाडौं जिल्ला अदालतले सन्दीपलाई थप २ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । सन्दीप असोज २० बाट गौशाला प्रहरीको हिरासतमा छन् । उनीविरुद्ध १७ वर्षीया किशोरीले प्रहरी वृत्त गौशालामा भदौ २१ मा बलात्कारको जाहेरी दिएकी थिइन् ।

वि.सं.२०७९ कात्तिक ६ आइतवार १९:१९