आज र भोली भिटामिन ए र जुकाको औषधि खुवाइँदै
वि.सं.२०७८ कात्तिक ७ आइतवार ०८:०६
1.62K
shares

काठमाडौं : आज र भोली देशभर भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम संचालन हुँदैछ। हरेक वर्ष कात्तिक ३ र ४ गते खुवाउदै आइरहेको भिटामिन ए र जुकाको औषधि यसपटक दसैं अवधिमा परेकाले ७ र ८ गते खुवाउने निर्णय गरेको गरिएको हो।
७५३ वटै पालिकामा ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ए र १ देखि ५ वर्षसम्मका बालबालिकाहरुलाई जुकाको औषधि खुवाउने कार्यक्रम रहेको छ ।
बालबालिकाहरुलाई भिटामिन ए र जुकाकाे औषधि खुवाउन जाँदा जनस्वास्थ्यका मापदण्ड अपनाएर खुवाउन स्वास्थ्य मन्त्रालयले अनुराेध गरेकाे छ ।
वि.सं.२०७८ कात्तिक ७ आइतवार ०८:०६

















