skip this

बागमतीमा मन्त्रिपरिषद् विस्तार, जम्मकट्टेल र लामा मन्त्री बने

1.23K shares
oil-nigam-amlekhgunj-adv.jpeg

हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले बिहीबार दिउँसो मन्त्रिपरिषद विस्तार गरेका छन् ।
मन्त्रिपरिषद्मा बिहीबार दुईजना मन्त्री थपिएका छन् । नेकपा माओवादी केन्द्रबाट शालिकराम जम्मकट्टेल आर्थिक मामिला तथा योजना मन्त्री बनेका छन् भने नेपाली कांग्रेसबाट निमा लामा स्वास्थ्य मन्त्री बनेका छन् ।
नव नवनियुक्त दुबै मन्त्रीले बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । यसअघि मुख्यमन्त्री पाण्डेले कांग्रेस संसदीय दलका उपनेता कृष्णलाल भँडेल, नेकपा माओवादी केन्द्रका संसदीय दलकी उपनेता कुमारी मोक्तान र एकीकृत समाजवादी संसदीय दलका उपनेता कृष्णप्रसाद खनाललाई मन्त्री बनाएका छन् ।

nijgadh-supermart-adz1200-630