रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित
वि.सं.२०७९ चैत ३ शुक्रवार १६:४४
1.7K
shares

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)का नेता रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएका छन्।
३० हजार ३२८ मतभार ल्याउँदै यादव उपराष्ट्रपतिमा निर्वाचित भएका हुन्।
यादव सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका थिए।
निर्वाचन आयोगका अनुसार निर्वाचनमा संघीय संसदका ३११ र प्रदेशका ५१८ सांसदले मतदान गरेका थिए। उपराष्ट्रपति निर्वाचनमा संघका ३३४ र प्रदेशका ५८५ सांसद मतदाता रहने व्यवस्था छ। संघीय सांसदको मतभार ७९ र प्रदेश सांसदको मतभार ४८ रहन्छ।
निर्वाचनमा राप्रपा र नेमकिपाले निर्वाचनमा भाग लिएका थिएनन्।
वि.सं.२०७९ चैत ३ शुक्रवार १६:४४

















