skip this farak Kura Pravakar

एसीसी प्रिमियर कपः नेपाललाई मलेसियाको २३६ रनको लक्ष्य प्रस्तुत

681 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। एसिसी प्रिमियर कपको पहिलो खेलमा मलेसियाले घरेलु टोली नेपाललाई २३६ रनको चुनौती प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ थालेको मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३५ रन बनायो ।

मलेसियाका लागि कप्तान अहमद फैज ९५ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ७६ रनको योगफल तयार पर्दा ओपनर मोहम्मद आमिर र विरनदीप सिंहले ५.५ ओभरमा २२ रनको साझेदारी गरेका थिए ।

नेपालका लागि सन्दीप लामिछाने र सोमपाल कामीले ३÷३ विकेट लिँदा ललित राजवंशीले २ र गुल्सन झाले १ विकेट लिए । केहीबेरमै नेपालले जवाफी ब्याटिङ गर्दै छ ।

 

nijgadh-supermart-adz1200-630