skip this farak Kura Pravakar

राज्यबाटै आन्दोलन भड्काउने, उत्तेजित पार्ने काम भयो–मिटर ब्याज पीडित

801 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। राज्यबाटै आफूहरूको आन्दोलन भड्काउने, उत्तेजित पार्ने काम गरेको मिटर ब्याज तथा ठगीविरुद्ध किसान–मजदुर सङ्घर्ष समितिले आरोप लगाएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै सङ्घर्ष समितिका अध्यक्ष अवधेश कुशवाहाले आफूहरूको आन्दोलनभित्र छिरेर प्रहरीले ज्येष्ठ नागरिक, अशक्त तथा बिरामीमाथि कुटपिट गरेको, महिलामाथि पुरुष प्रहरीले आक्रमण तथा दुर्व्यवहार गरेको आरोप लगाएका छन् । उनले पीडितले सहयोगी तथा शुभचिन्तकबाट सहयोग जुटाएर जम्मा गरेको अनाज, ग्यास, ग्यास चुलो, स्पिकर र भाँडाकुँडासमेत प्रहरीले लुटेको आरोप लगाउका छन् ।

उनले विज्ञप्तिमा भनेका छन्, ‘यस्तो राज्य प्रायोजित आतङ्क र दमनको हामी घोर भर्त्सना गर्दछौं,। उनले गृहमन्त्री नै आफूहरूको आन्दोलन दबाउन उद्यत रहेको भन्दै सङ्घर्ष समितिले चाँडै प्रतिवादमा आन्दोलनको नयाँ कार्यक्रम घोषणा गर्ने जानकारी दिए ।

nijgadh-supermart-adz1200-630