skip this

अक्षयकुमारको ‘मिशन रानीगञ्ज’को पहिलो दिनको कमाई २.८ करोड

831 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । अक्षय कुमारको ‘मिशन रानीगञ्ज द ग्रेट भारत रेस्क्यू’ र भूमि पेडनेकरको ‘थ्याङ्क यू फर कमिङ’ अक्टोबर ६ मा सिनेमाघरमा एकैसाथ रिलिज भएका थिए। यो फिल्म सन् २०२३ को सबैभन्दा प्रतिक्षित फिल्म थियो र यसको रिलिजलाई लिएर फ्यानहरु निकै उत्साहित थिए तर अहिले ‘मिशन रानीगञ्ज’ र ‘थ्याङ्क यु फर कमिङ’ हलमा पुगेपछि यी दुवै चलचित्रले पहिलो दिन बक्स अफिसमा खासै प्रतिक्रिया पाउन सकेनन । पहिलो दिनको प्रदर्शन निकै कमजोर रहेको बताइएको छ ।

‘मिशन रानीगञ्ज’ वास्तविक जीवनका नायक जसवंत गिलको कथा हो । फिल्ममा अक्षय कुमारले जसवंत गिलको भूमिका निर्वाह गरेका छन् । यो फिल्म पश्चिम बंगालको रानीगञ्जमा रहेको कोइला खानीमा ६५ जना कामदार फसेको वास्तविक घटनामा आधारित छ। अक्षय कुमार स्टारर चरित्र जसवंत सिंह गिलले सबै ६५ खानीमा रहेका कामदारहरूको जीवन बचाउँछ। यस घटनापछि जसवंत सिंह गिललाई ‘क्याप्सुल गिल’ भनेर चिनिन थाल्यो ।

यो चलचित्रलाई लिएर धेरै अपेक्षा गरिएको थियो तर रिलिजको पहिलो दिन दर्शकलाई हलमा आकर्षित गर्न सकेन । अब ‘मिशन रानीगञ्ज’को रिलिजको पहिलो दिनको कमाईको प्रारम्भिक तथ्यांक पनि आएको छ । सैकनिल्कको प्रारम्भिक प्रतिवेदन अनुसार ‘मिशन रानीगञ्ज’ ले पहिलो दिनमा जम्मा २।८ करोड रुपैयाँ कमाएको छ ।

nijgadh-supermart-adz1200-630