skip this

बझाङको भाटेखोलामा केन्द्रविन्दु बनाएर फेरि गयो भूकम्प

1.31K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं, २० असोज । बझाङ केन्द्रविन्दु बनाएर आज पनि ५.३ म्याग्नेच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार मध्यान्ह ११ः४५ बजे बझाङको भाटेखोला नजिकै केन्द्रबिन्दु बनाएर ५.३ म्याग्नेच्युडको भूकम्प गएको हो ।

गत मंगलबार दिउँसो २ ः४० मा पहिलो पटक ५।३ म्याग्नेच्युडको भूकम्प मापन भएको थियो भने त्यसको लगत्तै आधा घण्टा नवित्दै अर्को ६.३ म्याग्नेच्युडको झन् ठूलो भूकम्प गएको थियो । सो भूकम्पपछि बझाङ आसपास केन्द्रविन्दु बनाएर लगातार सय भन्दा धेरै साना ठूला पराकम्प गएका छन् ।

nijgadh-supermart-adz1200-630